२० बैशाख २०८१, बिहीबार 1714654712
खेलकुद

लिग वानमा पीएसजीको रोमाञ्चक जित

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)ले लिलमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले ३ अंक निश्चित गरेको हो ।

यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।

तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३-२ को अग्रता दिलाए ।

तर, खेल सकिन ३ मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुनः गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो ।

लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १-० को हार बेहोरेको थियो ।