१५ बैशाख २०८१, शनिबार 1714205160
विश्व

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

काठमाडौं – पाकिस्ताका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ।

पाकिस्तानी सेनाले‍ यसको पुष्टि गरेकोछ। पाकिस्तानी सेनाले मुसर्रफको आत्माको शान्तिको कामना गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षीय मुसर्रफको लामो समयदेखिको बिरामीका कारण दुबईको एक अस्पताल निधन भएको छ। उहाँको दुबईको अस्पतालमा उपचार भइरहेको थियो। परवेज मुसर्रफ २० जुन २००१ देखि १८ अगस्ट २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो।

मुसर्रफ कयौँ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो । जुन २०२२ मा उहाँको परिवारले ट्विटरमा जानकारी दिँदै उहाँको तस्बिर सार्वजनिक गरेको थियो। त्यति बेलै उहाँको परिवारले उहाँ निको हुने सम्भावना कम रहेको जनाएको थियो।