१४ बैशाख २०८१, शुक्रबार 1714120082
Banner

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् ।

कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन सोमबार हुनेछ ।