१४ बैशाख २०८१, शुक्रबार 1714170023
Banner

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुग्नुभएको हो ।

दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।