१४ बैशाख २०८१, शुक्रबार 1714147797
Banner

बालयौन दुर्व्यवहार र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर

काठमाडौँ- काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन र यौन दुराचार अभियोगमा सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोगमा दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । अदालतले पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।

उनलाई थप सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकिएको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै मानव बेचबिखन र बाल यौन दुराचारको मुद्दा लगाएको थियो ।