१३ बैशाख २०८१, बिहीबार 1714100437
Banner

‘म्याच फिक्सिङ’अफर गरेको अडियो बरामद

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा मेहबुव आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो । 

उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अडियो बरामद गरेको सीआईबीका एक अधिकारीले बताए । 

सीआईबीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पट फिक्सिङको विषयमा जानकारी दिएको थियो ।

स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय खेलाडी आलम र राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई पाँच दिनको समय थप गरेर अनुसन्धान गरिरहेको छ ।