१४ बैशाख २०८१, शुक्रबार 1714174755
Banner

मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई आजै पुर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो । 

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पुर्णता वारे निष्कर्ष निकाल्नेछ । 

‘आज ५ बजे सत्ता साझेदार दलको बैठक बस्छ, त्यही बैठकले मन्त्रालय भागबन्डाबारे निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन्।’

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाउनु भएको थियो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गर्नुभएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ५ घण्टा बढी छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलले सोमबार बेलुकासम्म पूर्ण पाउने बताउनु भएको थियो ।