१७ बैशाख २०८१, सोमबार 1714412471
प्रदेश

कर्णाली प्रदेशसभामा आज सभामुखको निर्वाचन हुर्दै

काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको छ ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा (एमाले) का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।