२४ जेष्ठ २०८०, बुधबार 1686139605
Banner

गण्डकी प्रदेशमा आज सभामुख चयनका लागि निर्वाचन हुँदै

कास्की : गण्डकी प्रदेशमा सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ। सभामुख चयनका लागि प्रदेशसभाको बैठक अपराह्न ३ बजे बोलाइएको छ  । 

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो। एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।