२६ बैशाख २०८१, बुधबार 1715229470
Banner

सांसदहरूको दस्तखतसहित मत विभाजनका आधारमा भोटिङ

काठमाडौं – प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ । 

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् । 

मत विभाजनका लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक फरक स्थान छुट्याइएको छ।