१५ बैशाख २०८१, शनिबार 1714203467
प्रदेश

मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान

मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको हो । मधेस प्रदेशसभामा एक सय सात सांसद छन् ।

सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।