२४ जेष्ठ २०८०, बुधबार 1686141766
Banner

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ। मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्। प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि उनले सात दिनको समय सीमा राखेर आव्हान गरेका हुन् । मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको बताए।