१४ बैशाख २०८१, शुक्रबार 1714172476
Banner

एमालेको बिरोधकै बीच एमसीसी संसदबाट अनुमोदन

काठमाडौँ । लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।

आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो । अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणासहित परियोजना अनुमोदन गरियोस् भनि राखेको प्रस्तावमा संसद्को बहुमत सदस्यहरूले सम्झौता पारित गराएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे । राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने वेल घेराउमै रहेको थियो ।