१५ बैशाख २०८१, शनिबार 1714213347
समाचार

थप १५८ सङ्क्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६२६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।