२६ बैशाख २०८१, बुधबार 1715224212
Banner

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन । चितवन क्षेत्र नं‍ २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं‍‍. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।