२६ बैशाख २०८१, बुधबार 1715231376
Banner

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजपनि भेटवार्ता हुँदै

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासमा हिजो दुई पटक भेटेका देउवा र ओलीबीच आज विहान पनि भेटवार्ता हुने भएको छ । बिहिबारको बार्तामा दुवैले आआफना माग र सर्त राखेका थिए । यी दुबै नेता माग र सर्तमा लचक भएपछि वार्ता सकारात्मक भएको बताइएको थियो ।

एमालेले संसदमा जारी राखेको विरोध अन्त्य गर्नुपर्ने, गठबन्धन तोडन पर्ने, आफुहरुले कारवाही गरेका सांसदलाई कारबाही गर्नुपर्ने, सभामुखलाई हटाउनुपर्ने लगायतका प्रस्ताव राखेको थियो । यसमा प्रधानमन्त्री देउवा सकारात्मक भएको छलफलमा सहभागि नेताहरुले बताएका छन् । वार्ता सकारात्मक भएपछि बालुवाटारबाट फर्किएपछि एमाले नेताहरु बालकोटमा छलफल गरेका थिए । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताउनु भएको छ ।