२६ बैशाख २०८१, बुधबार 1715202403
समाचार

राष्ट्रपतिद्वारा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको भन्दै उहाँले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, “प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”