१४ बैशाख २०८१, शुक्रबार 1714121987
Banner

एमसीसी संसदमा पेश विरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । मङ्गलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपिठ गरिदिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।


एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । सूचना अधिकारी ढकालका अनुसार अब दरपिठ उपर ७३ नम्बर बमोजिम अधिवक्ता भण्डारी इजलासमा जान पाउनुहुन्छ ।