१२ बैशाख २०८१, बुधबार 1713949202
Banner

कल बाइपास र अनलाइन जुवा खेलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७  जना पक्राउ

काठमाडौं–कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७  जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले सोमबार राती नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए ।