६ बैशाख २०८१, बिहीबार 1713438583
Banner

भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ

काठमाडौं। भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न  विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको बताउनुभयो ।

 पक्राउ पर्नेमा  प्रायजसो भारतका  युवा युवती रहेको पनि उहाँले बताउनुभएको छ । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि सुरुमा आफैं ऋण दिने र पछि सामाजिक सञ्जालमा फोटो राखेर धम्क्याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

‘सुरुमा पाँचदेखि दश हजारसम्म ऋण दिने । एक हप्ताभित्रको म्याद दिएको छ भने छ दिनमा नै धम्क्याउने गरेको र अवैध कल सेन्टर सञ्चालन गरेको पाइएको छ ।’, यो पैसा कसरी इन्भेष्ट हुन्थ्यो भन्ने विषयमा पनि अनुसन्धान हुने उहाँले बताउनुभयो । पक्राउ परेकाहरुलाई भक्तपुरकै विभिन्न प्रहरी कार्यालयहरुमा राखिएको छ ।