५ जेष्ठ २०८१, शनिबार 1716093246
अर्थ

लगातारको वर्षाले अधिकांश भूभागको धानबाली डुबानमा 

कञ्चनपुर । लगातारको वर्षाले कञ्चनपुरका अधिकांश भू–भागमा किसानले लगाएको धानबाली डुबानमा परेको छ ।

काटेर खेतमै राखेको र काट्न तयार भएको धानबाली वर्षाका कारण डुबानमा पर्दा किसानहरू मर्कामा परेका छन् ।

जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भइरहेको धानबाली भित्र्याउन नपाउँदा किसानहरू चिन्तित बनेका छन् । यो असोज महिनामा मात्रै पनि कञ्चनपुरमा ३ पटक भारी वर्षा हुँदा बाढी, डुबान, कटान तथा पटानले ठूलो क्षति भएको छ ।

यसअघि, यही असोज १ गते र असोज ९ गते आसपासको समयमा पनि कञ्चनपुरमा बाढी, डुबान, कटान तथा पटानले जनजीवन प्रभावित बनेको थियो ।

गत वर्ष असोज ३० देखि कार्तिक २ गते सम्मको अविरल वर्षाले पश्चिम तराईका थुप्रै किसानले काटेर भित्र्याउन मात्रै बाँकी रहेको धानबाली खेतमै उम्रिएर कुहिएको थियो ।