१४ बैशाख २०८१, शुक्रबार 1714149571
Banner

विरोधकै बीच दर्ता भएको ३२ महिनापछि एमसीसी संसदमा टेबल

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।

एमाले सांसदको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । कार्यसूचीमा अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी) पेस गर्ने उल्लेख छ । एमसीसी संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको हो।

सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

बैठक कार्यसूची प्रवेश गरे पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बैठक सुरु भएलगत्तै सांसदहरूले एमसीसीको विरोध जनाएका थिए ।

एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाही अनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद् अवरुद्ध गर्दै आएको छ ।