१५ बैशाख २०८१, शनिबार 1714215095
Banner

सन्दीप लामिछाने आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।

सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् ।

नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु, उनले भनेका छन्, मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।