१४ बैशाख २०८१, शुक्रबार 1714158229
Banner

अर्जुनखोलामा डुबेर दुई बालकको मृत्यु

रुपन्देही । दाङको लमहीस्थित खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार दिउँसो पाँच जनाको समूह अर्जुनखोलामा नुहाउन गएको र सोही क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ ।