२३ बैशाख २०८१, आईतवार 1714914112
समाचार

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरूप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरूप मानेर पूजा गर्नुभएको हो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।