२४ बैशाख २०८१, सोमबार 1715021669
Banner

सिट बाँडफाँटमा शीर्ष नेताको कुरा मिलेन, भोलि गठबन्धनको बैठक पुनः बस्ने

काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।

आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।