२१ बैशाख २०८१, शुक्रबार 1714745375
Banner

२९ जनाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिए

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनको सामानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश गरिएका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरूले सोमबार निर्वाचन आयोगमा निवेदन दिएर नाम फिर्ता लिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । सूचीबाट २९ जनाले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी कांग्रेसका नौजनाले नाम फिर्ता लिएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पाँच, नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीनजनाले बन्दसूचीबाट आफ्नो फिर्ता लिएका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ एकसहित चारजनाले नाम फिर्ता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश नम्बर–१ मा एक, पुनर्जागरण पार्टीका तर्फबाट वाग्मती प्रदेशमा पाँच र राष्ट्रिय नागरिक पार्टीका तर्फबाट वाग्मतीमा तीनजनाले नाम फिर्ता लिएका छन् ।

आयोगले उक्त बन्दसूचीमा सूचीकृत कुनै उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा उनीहरूलाई सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।