१४ बैशाख २०८१, शुक्रबार 1714193175
Banner

न्युरोड जाने सवारीले आजदेखि खुलामञ्चमा पार्किङ गर्न पाउने

​​​​​​​काठमाडौँ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चार पाङ्ग्रे सवारी साधनहरूलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

आजदेखि फूलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जनाएको छ । 

कार्यालयले चाडबाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौँको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ ।