१४ बैशाख २०८१, शुक्रबार 1714187356
समाचार

थप २७५ जना सङ्क्रमित, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा तीन हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल नौ हजार ९१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ४३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई हजार ४५४ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १४ हजार ४३५ जना सक्रिय सङ्क्रमित छन् ।