१४ बैशाख २०८१, शुक्रबार 1714191473
राजनीति

पूर्व प्रहरी महानिरीक्षक खनाल आज एमाले प्रवेश गर्दै

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्न लाग्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक खनाललाई पार्टीमा प्रवेश गराउन लाग्नुभएको हो ।

अध्यक्ष ओलीले खनाललाई बारा,पर्सा वा काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउने तयार समेत गर्नुभएको बुझिएको छ ।