४ बैशाख २०८१, मंगलवार 1713330737
विश्व

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। 

प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई धन्यवाद दिएकी छन्।

यसअघि साउदी अरब सरकारले साउदी युवराज मोहम्मद बिन सलमानको मध्यस्थतामा रुसले १० जनालाई रिहा गरेको जानकारी दिएको थियो। रिहा हुनेमा अमेरिका, बेलायत, स्वीडेन, क्रोएसिया र मोरक्कोका नागरिकहरू थिए। एजेन्स