२६ बैशाख २०८१, बुधबार 1715217951
प्रदेश

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

काठमाडौं । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो ।

उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा खोला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।