१५ बैशाख २०८१, शनिबार 1714196881
Banner

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं : टुकुचा खोला पुरेर बनाइएका घर तथा अन्य संरचनाहरू तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापालगायतले  शुक्रबार दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

महानगरले टुकुचा कमलादी क्षेत्रमा टुकुचा खोला पुरेर घर तथा संरचनाहरू बनाइएको भन्दै जयनेपाल हलको नजिकै खोतलेर टुकुचा खोला देखाएको थियो।

साथै अदालतले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका  नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका कुनै पनि संरचनाहरू भत्काउन रोकेको हो।

अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षसँग छलफल गर्न असोज ५ गते बोलाएको छ।