५ जेष्ठ २०८१, शनिबार 1716045671
पालिका

पदमा नरहदापनि मेरो कार्यकालमा शुरु गरिएको विकास निर्माणलाई निरन्तरता दिन्छु : राजेश शाक्य


काठमाडौं । बागमति प्रदेश सभाका निर्वतमान सदस्य राजेश शाक्यले आफ्नो कार्यकालमा शुरुवात गरिएका विकास निमार्णको कार्यलाई आफू पदमा नहुँदा पनि सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं. ८ (१) का मतदाताबाट निर्वाचित भई नेकपा (एमाले) प्रदेश सभा सदस्य हुने अबसर दिएकोमा सवैलाई धन्यवाद दिदै शाक्यले आफनो क्षेत्रको विकासमा सदैव लागिरहने वचन व्यक्त गर्नुभयो ।

प्रदेश सांसदको कार्यकाल सकिएपछि सांसद शाक्यले आफूलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने मतदाता, पार्टी कार्यकर्ता, पार्टी नेतृत्व, दलको नेता र प्रदेश सभा र प्रदेश सरकारका कर्मचारी, सूरक्षाकर्मी, पत्रकार, अन्य दलका माननीय सदस्यहरु निर्वाचन क्षेत्र भित्रका काठमाडौ महानगर पालिकाका प्रमुख,उपप्रमुख ,वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, परिवारका सदस्य र सचिवालयका सदस्य सुजन बिलास बज्राचार्य, रुपेश महर्जन र रबिन्द्र महर्जन लगायत सबैमा आभार व्यक्त गर्नुभएको छ ।