२९ बैशाख २०८१, शनिबार 1715457728
विश्व

दिवंगत महारानीको शवयात्राका लागि हिथ्रोका उडानमा रोक

बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको शवयात्राका लागि लण्डनमाथि हवाई यातायातमा रोक लगाइएको हिथ्रो विमानस्थलले जनाएको छ ।

लण्डनको सबैभन्दा ठूलो विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शबयात्राका समय होहल्लालाई रोक्नका लागि धेरै उडानहरूलाई अवरुद्ध गर्नुपरेको हो । ”

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ । लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शबलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ ।

यसैबीच हिथ्रोले सोमबारका लागि थप अवरोधको संकेत गरेको छ । “हामी हिथ्रो अपरेसनमा थप परिवर्तनहरू हुन सक्नेछन् । दिवंगत महारानीको अन्त्येष्टिका समय आगामी दिनहरूमा विमानस्थलमा हुने थप अवरोध विस्तारमा सूचनाहरू आउन सक्नेछन्,” विमानस्थलले भनेको छ ।

“यी परिवर्तनहरूले निम्त्याउने व्यवधानका लागि हामी क्षमा प्रार्थी छौं, किनकि हामी आगामी घटनाहरूमा प्रभाव सीमित गर्न काम गर्नेछौं । ब्रिटिस एयरवेजले बुधबार यूरोपका लागि तय गरेका आठ वटा उडान रद्द गरेको पुष्टि गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियामकले सेप्टेम्बर ९ देखि १९ को बीचमा २,५०० फिट (७६० मिटर) भन्दा तल उड्ने ड्रोन लगायत गैर–मानक विमानहरू माथि प्रतिबन्ध लगाएको छ ।