२४ बैशाख २०८१, सोमबार 1715011899
Banner

एमालेले सरकारमा जानका लागि मात्रै होइन देश बचाउन र विकास गर्न खोजेको छ : अध्यक्ष ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताउनुभएको छ । सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने बताउनुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘तपाईंहरु एउटा संकल्पसाथ मंसिर ४ गते हुने चुनावका लागि देशको हितको पक्षमा पक्षमा, जनहितको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्ति सुव्यवस्थाको पक्षमा, विकासको अभियानलाई अगाडि बढाउन सक्रिय भएर लाग्नुस् ।’

अध्यक्ष ओलीले भन्नुभयो, सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ। ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताउनुभयो ।