१४ बैशाख २०८१, शुक्रबार 1714169399
खेलकुद

भारतले माल्दिभ्सलाई पराजित गरयो

काठमाडौँ : महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा भारतले माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

त्यसअघि शनिबार नै पाकिस्तानलाई पराजित गरेको बंगलादेश पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो।

दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा भारतले फराकिलो जित निकाल्ने क्रममा अन्तिम समयमा लगातार गोल वर्षा गरेको थियो। पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा भने ६ गोल गरेको थियो।

भारतको रवाफिलो जितमा अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। त्यस्तै डाइमेइङ ग्रेसले २ गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले समान १-१ गोल गरेका थिए।