१४ बैशाख २०८१, शुक्रबार 1714166479
खेलकुद

ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीचको खेल पनि १–१ को बराबरीमा सकिएको छ ।

थ्रीस्टार ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ । समान खेलमा तेस्रो स्थानको आर्मीको १९ अंक छ । पुलिस क्लब समान खेलमा ११ अंकसहित १० औँ स्थानमा छ ।