११ बैशाख २०८१, मंगलवार 1713926350
Banner

स्थानीय चुनावका लागि आजदेखि दल दर्ता आव्हान, दल दर्ताको समय फागुन १५ सम्म

काठमाडौं – निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दल दर्ताका लागि आह्वान गरेको छ।

हिजो सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।