१४ बैशाख २०८१, शुक्रबार 1714144776
Banner

दार्चुलाको लास्कु खोलामा आएको बाढीले ११ घर बगायो, ४ जना बेपत्ता

काठमाडौं । दार्चुला जिल्ला सदरमुकाम भएर बग्ने लास्कु खोलामा बाढी आउँदा ११ घर बगेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले बाढीमा ४ जना बेपत्ता भएका जानकारी दिए ।

लास्कु खोला महाकाली नदीमा मिल्ने सहायक नदी हो । बाढीले खोलामा निर्माणाधीन पक्की पुलमा क्षति गरेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।

बाढीमा घाइते भएका १ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।