१३ बैशाख २०८१, बिहीबार 1714076267
Banner

सत्ता गठबन्धनको बैठक आजपनि बस्दै, सिट बाँडफाँटमा अन्योल कायमै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आजपनि बस्दैछ । शुक्रबार नै बस्ने र निर्णायक हुने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता देखाउँदै शनिबारका लागि सारिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुंगो लगाउने भनिएको छ तर सिट बाँडफाँटमा अन्योलता भने कायमै रहेको एक नेताले बताएका छन् ।

शनिबारको बैठकबाट सिट बाँडफाँट गरी टुंगो लगाउने तयारी भएपनि सहमति जुटने सम्भावना कम रहेको ती नेताले बताए ।