१५ बैशाख २०८१, शनिबार 1714206201
Banner

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

धनगढी — कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार रहेका छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बलात्कार भएको सम्बन्धमा पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पीडित किशोरीका अनुसार उनी सुख्खडमा आयोजित गौरा पर्वमा मनाइएको देउडा हेर्न गएकी थिइन् । त्यसै क्रममा उनलाई काम छ भन्दै फकाएर युवकहरूको समूहले बलात्कार गरेको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।