८ बैशाख २०८१, शनिबार 1713641863
खेलकुद

महिला साफ च्याम्पियनसिपमा भुटानको ऐतिहासिक जीत

भुटानले श्रीलङ्कालाई पराजित गर्दै महिला साफ च्याम्पिपयनसिपमा ऐतिहासिक सफलता हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह चरणको खेलमा भुटानले श्रीलङ्कालाई ५–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक जीत हात पारेको हो ।

महिला साफ च्यापियनसिपमा भुटानको यो पहिलो जीत हो । भुटानले यसअघि खेलको महिला साफ च्याम्पियनसिपमा कुनै पनि खेलमा जीत हात पार्न सकेको थिएन । सन् २०१० मा बङ्गलादेशमा भएको पहिलो संस्करणको साफ च्याम्पियनसिमा भुटानले श्रीलङ्कासँग १–१ गोलको बराबरी खेलको थियो, त्यो नै भुटानको उत्कृष्ट नतिजा रहेको थियो । भुटानको जीतमा डेखी लाजोमले दुई गोल गरिन् भने न्याम्गेल डेमा, छिरिङ लादेन र छिरिङ याङ्देनले १÷१ गोल गरे । यस जीतसँगै शीर्ष तीन अङ्क जोडेको भुटानको सेमिफाइन प्रवेशको सम्भावना बलियो बनेको छ ।

यसअघि भुटान नेपालसँग ०–४ गोलअन्तरले पराजित भएको थियो । श्रीलङ्काले भने हारबाट प्रतियोगिताको उद्घाटन ग¥र्याे । अब श्रीलङ्काले समूह चरणको खेलमा नेपालसँग भिड्नेछ । उक्त खेल यही भदौ २७ गते हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे पाकिस्तान र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेल माल्दिभ्सले भारतको सामना गर्नेछ । उक्त खेल साझ ५ः३० बजे हुनेछ ।