१५ बैशाख २०८१, शनिबार 1714213499
समाचार

१५२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ – २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु र १३३ जना निको भएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४८ रहेको छ ।