१४ बैशाख २०८१, शुक्रबार 1714194529
Banner

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनकाे अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन्।