२३ बैशाख २०८१, आईतवार 1714896903
प्रदेश

आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।

बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।