१३ बैशाख २०८१, बिहीबार 1714058359
Banner

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त हुनुभएको छ । महारानी एलिजाबेथ द्वितीयले ट्रसलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

महारानीलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री भएको बिबिसीले जनाएको छ । ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गर्नुभएको थियो ।

यसअघि मंगलबारै प्रधानमन्त्रीबाट बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिक रूपमा राजीनामा दिनुभएको छ। जोनसनले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीले आठ हप्ताअघि नेतृत्व छान्ने प्रक्रिया सुरु गरेको थियो । ट्रस पार्टीको आन्तरिक प्रतिस्पर्धामा सोमबार विजयी हुनुभएको थियो । उहाँले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभएको छ ।

ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री हुनुहुन्छ । यसअघि मार्गरेट थ्याचर र टेरेजा मे बेलायतका प्रधानमन्त्री हुनुभएको थियो ।

बिबिसीका अनुसार ट्रसले आज बिहान मन्त्रिपरिषद्को पहिलो बैठक राख्ने र त्यसअघि केही मन्त्री नियुक्त गर्ने बताईएको छ ।