१४ बैशाख २०८१, शुक्रबार 1714155456
Banner

महिला साफ च्याम्पियनसीप फुटबल : पहिलो हाफमा नेपाललाई अग्रता

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत जारी भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १–० गोलको स्थितिमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी उद्घाटन खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन् । उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।