१३ बैशाख २०८१, बिहीबार 1714070942
Banner

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको हो ।