१७ बैशाख २०८१, सोमबार 1714396274
प्रदेश

भूमिहिनको तथ्याङ्क सङ्कलन गर्दै जुम्लाका स्थानीय तह

भूमि आयोगले भूमिहिनको लगत सङ्कलन गर्न जुम्लाका स्थानीय तहसँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोलीले जुम्ला आएर स्थानीय तहसँग लगत सङ्कन गर्ने सहमति गरेको हो ।

आयोगका सदस्य टेकबहादुर शाहको टोली जुम्ला पुगेर लगत सङ्कलनका लागि स्थानीय सरकारसँग सम्झौता गरेको भूमि आयोग जुम्लाका अध्यक्ष तीर्थ बुढाले जानकारी दिनुभयो । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यव्यवस्थित बसोबासी, व्यवस्थित गर्नेका लागि नागरिकको लगत सङ्कलन गर्न अब स्थानीय तहले जोड दिनुपर्ने आयोगका सदस्य टेकबहादुर शाहले बताउनुभयो । सरकारको यो राष्ट्रिय अभियान सम्पन्न गर्न सबैले सहयोग अनिवार्य रहेको भूमि आयोगले जनाएको छ । अब स्थानीय तहमा आयोगको भिन्नै शाखा हुनेछ ।

एक कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने भूमि आयोग जुम्लाका विज्ञ लक्ष्मी खत्रीले बताउनुभयो । जिल्लाका आठ स्थानीय तहसँग लगत सङ्कलन गर्न सहमति भएको आयोगले जनाएको छ ।